Section 17
परिषद्को कोष :
(१) परिषद्को आफ्नो छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) नेपाल सरकार मार्फत कुनै विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्था वा विदेशी संस्थाबाट प्राप्त रकम,
(ग) परिषद्को चल अचल सम्पत्तिबाट आर्जन हुने रकम,
(घ) कुनै व्यक्ति, संस्था वा राष्ट्रले चन्दा, सहायता, अनुदान वा दान दातव्यको रूपमा प्रदान गरेको रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) परिषद्को सबै रकम परिषद्को नाममा नेपाल राष्ट्र बैंक वा कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(३) परिषद्को तर्फबाट व्यहोर्नु पर्ने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(४) परिषद्को खाता सञ्चालन तोकिएबमोजिम हुनेछ ।